२०८२ जेठ २१ मङ्गलबार

राशिफल

फिल्म ‘लाल सिंह चड्डा’ को प्रदर्शन मिति घोषणा

काठमाडौँ – बलिउड सुपरस्टार आमिर खान अभिनित फिल्म ‘लाल सिंह चड्डा’ को प्रदर्शन मिति तय गरिएको छ ।

आमिर खान प्रोडक्सन तथा वायकम – १८ स्टुडियोले फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै आगामी अप्रिल १४ का दिन प्रदर्शन मिति घोषणा गरेका हुन् । आमिर खान र किरण रावको निर्माण तथा वायकम – १८ स्टुडियोको प्रस्तुति रहेको ‘लाल सिंह चड्डा’को अद्वेत चन्दनले निर्देशन गरेका छन् ।

यो फिल्ममा आमिर र करिना कपुरको मुख्य भूमिका रहेको छ ।