२०८२ जेठ २१ मङ्गलबार

राशिफल

भारतमा एकै दिन १० हजार ४८८ जनामा कोरोना पुष्टि

नयाँदिल्ली – पछिल्लो एक दिनमा कोरोनाभाइरसबाट भारतमा थप १० हजार ४८८ जना सङ्क्रमित भएका छन् । भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या एक लाख २२ हजार ७१४ रहेको छ ।

आइतबार मन्त्रालयले दिएको जानकारी अनुसार कोरोना शुरु भएदेखि हालसमम तीन करोड ४५ लाख १० हजार ४१३ जना कोरोना सङ्क्रमित भएका छन् । हिजो शनिबार कोरोना सङ्क्रमणका कारण ३१३ जनाको मृत्यु भएको यसैसँगै भारतमा कोरोनाको कारण मृत्यु भएका व्यक्तिको संख्या चार लाख ६५ हजार ६६२ जना पुगेको पनि समाचारमा जनाइएको छ ।

भारतमा हालसम्म ६३ करोड १६ लाख ४९ लाख ३७८ जनाको परिक्षण भएको पनि मन्त्रालयले जानकारी दिएको छ ।