२०८२ जेठ २८ मङ्गलबार

राशिफल

नेप्से सात दशमलव नौ अङ्कले बढ्यो

काठमाडौँ – सोमबार नेप्से सात दशमलव नौ अङ्कले बढेर दुई हजार सात सय ६५ दशमलव ४३ विन्दुमा पुगेको छ ।

आज बैंकिङ, व्यापार, होटल, जलविद्युत्, निर्जीवन बीमा, अन्य, म्युचल फन्ड र लगानी समूहको शेयर बढेको छ । आज विकास बैंक, जलविद्युत्, फाइनान्स, माइक्रोफाइनान्स र जीवन बीमा समूहको शेयर भने घटेको छ ।

आज दुई सय २५ कम्पनीका ७५ लाख ६५ हजार कित्ता शेयर तीन अर्ब ९२ करोड ९२ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको ३४ करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भएको छ ।

आज मानुषी लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।