काठमाडौँ – चलचित्र ‘घुइँचो’ निर्माण हुने भएको छ । सोमबार काठमाडौंको नयाँबानेश्वरस्थित् होटेल एभरेष्टमा पत्रकार सम्मेलन गरेर उक्त चलचित्रको घोषणा गरिएको हो । दीपेन्द्र लामाको निर्देशनमा आर.जे. म्यूजिक एण्ड फिल्म्सले चलचित्र ‘घुइँचो’ निर्माण गर्न लागेको जानकारी दिएको हो ।
चलचित्रका निर्माता रामजी दैलेखीका अनुसार चलचित्रको छायांकन भने आगामी माघबाट सुरु गरिनेछ । चलचित्रमा नायकको रुपमा मोडल कुन्साङ बम्जनले डेब्यु गर्दैछन् भने नायिकाको रुपमा एलिजा गौतम रहेकी छन् । एलिजाको यो दोस्रो चलचित्र हो । यसअघि उनले एरिका फिल्मस्को ब्यानरमा निर्माण गरिएको चलचित्र अनुरागमा अभिनय गरेकी थिईन् ।
तपाइँको प्रतिक्रीया