काठमाडौं- नेपाल राष्ट्र्र बैंकले आफ्ना मातहतमा रहेका क, ख,र ग वर्गका बैंक तथा वित्तिय संस्थाहरुलाई जारी गरेको एकिकृत निर्देशिकामा मूल्यांकनकर्ताको व्यवस्थामा थप संसोधन तथा परिमार्जन गरी मिति २०७८/९/०१ मा प्रकाशित गरेको छ ।
नेपाल भ्यालुयर्स एशोसिएशनका सदस्य समेत रहेका ई.राजेश चौरसियाले कुमारी बैंकबाट उपलब्ध गराएको कागजातका आधारमा मूल्यांकन गरेका कारण ई.चौरसियालाई केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको विरोधमा नेपाल भ्यालुयर्स एशोसिएशनले मूल्यांकनकर्ताको काम, कर्तव्य र परिभाषाको माग राख्दै सम्पूर्ण बैंक तथा वित्तिय संस्थाहरु विरुद्ध देशैभरी बन्द, हड्ताल, धर्ना तथा विरोधका कार्यक्रमहरु पहिलो चरणमा २०७८/०७/२४ गते देखि २०७८/०८/११ गते सम्म गर्दै आएको र दोस्रो चरणमा २०७८/०८/१२ गते देखि हाल सम्म कुमारी बैंकको सम्पूर्ण मूल्यांकन कार्य बन्द तथा विरोधका कार्यक्रम जारी राखेको विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
ने.रा. बैंक बाट प्रकाशित संसोधन तथा परिमार्जित निर्देशिकाको संसोधित व्यवस्था अनुसार
बुँदा नं.(१) इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले धितो मूल्यांकन गराउने प्रयोजनका लागि मूल्यांकनकर्ता सूचीकृत गर्दा मूल्यांकनकर्ताको काम, कर्तव्य, अधिकार तथा उत्तरदायित्व स्पष्ट रुपमा उल्लेख गरी सम्झौता गर्नुपर्नेछ ।
बुँदा नं.(२) इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले धितोको रुपमा ग्राह्य हुने सम्पत्तिको मूल्यांकन गराउँदा मूल्यांकनकर्ताले कुनै स्वार्थ नबाझिने गरी वा पूर्वाग्रह नराखी स्वतन्त्र रुपमा, अन्तर्राष्ट्र्रिय मान्यता र असल अभ्यासहरु समेतका आधारमा धितोको मूल्यांकन गरेको यकीन गर्नुपर्ने छ ।
तपाइँको प्रतिक्रीया