२०८२ जेठ २१ मङ्गलबार

राशिफल

इन्जिन्यर समुदायलाई अपुरणीय क्षती


सोलुखुम्बु

सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामाू पानी परीक्षणका क्रममा पाइप विस्फोट हुदा दुई युवा तथा प्रतिभाशाली ईन्जिनियरहरु ई. सुवासराज रेग्मी र ई. अर्जुन थापाको असमायिक निधन भएको छ।
अछाम घर भै हाल सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा कार्यरत ई. सुवासराज रेग्मी र काभ्रे घर भएका ई. अर्जुन थापाको निधन भएको हो।

टनेल पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा पाइप फुटेर दुर्घटना भएको हो । म्यानेजर मोहम्मद राइन गम्भीर घाइते छन् ।
हिजो साँझको घटनामा घाइते तीनैजनालाई हेलिकप्टरबाट काठमाडौं ल्याइएकोमा दुईजनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका इन्सपेक्टर ऋषिराज ढकालले बताए ।