२०८२ जेठ २१ मङ्गलबार

राशिफल

एसीसी यु–१९ क्रिकेटस् कुवेतविरुद्ध सान्त्वता जितको खोजीमा नेपाल

काठमाडौं, १३ पुस
सुरुआती दुई खेलमा पराजित नेपाल एसीसी यु-१९ एसिया कप क्रिकेटको अन्तिम खेलमा आज मंगलबार कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ । यूएइको आईसीसी एकेडेमीमा हुने खेल बिहान सवा ११ बजे सुरु हुनेछ।

सुरुआती दुई खेलमा हार बेहोरेको नेपाल कुवेतविरुद्ध पहिलो जितको खोजीमा छ । देव खनालको कप्तानीमा रहेको नेपाल सान्त्वना जित निकाल्ने दाउमा छ ।

कुवेत समेत प्रतियोगितामा जित विहिन रहेको छ । कुवेत समेत सान्त्वना जित निकाल्ने दाउमा छ ।

यसअघि नेपाल पहिलो खेलमा बंगलादेशसँग १५४ रनले पराजित भएको थियो भने दोस्रो खेलमा श्रीलंकासँग ६० रनले पराजित भएको थियो ।

यस समूहबाट बंगलादेश र श्रीलंकाले सेमिफाइनलमा स्थान बनाइसकेको छ ।