२०८२ जेठ २१ मङ्गलबार

राशिफल

सामाजिक सुरक्षा भत्ता नपाएपछि ज्येष्ठ नागरिक धर्नामा

सप्तरी, २६ पुस

सामाजिक सुरक्षा भत्ता नपाएपछि कञ्चनरूप नगरपालिकाका ज्येष्ठ नागरिकहरू नगरपालिका कार्यालयमा आइतवारदेखि धर्नामा बसेका छन्।

वृद्धाभत्ता नपाएको भन्दै ज्येष्ठहरूले नगरपालिका कार्यालय नाराबाजी गरी धर्नामा बसेका हुन् । प्रत्येक चार चार महिनामा पाउनुपर्ने भत्ता ६ महिना बितिसक्दा पनि नपाएको भन्दै कञ्चनरुप नगरपालिकाको १२ वटै वडाका ज्येष्ठ नागरिकहरू नगरपालिकाको कार्यालय धर्नामा बसेको स्थानीयले बताए।

भत्ता नपाएसम्म घर नफर्किने ज्येष्ठ नागरिकहरूको भनाई  छ ।