२०८२ जेठ २२ बुधबार

राशिफल

नेतृत्व तहको कमजोरीले हामीलाई दु:ख भयो : इन्जिनियर झा

काठमाण्डौँ : गत माघ ७ गते हुने भनिएको नेपाल इन्जिनियरर्स एशोसिएसनको निर्वाचन स्थगित भएको छ । देशव्यापी रुपमा कोरोना महामारीको संक्रमणदर उच्च देखिएको भन्दै  इन्जिनियर एशोसिएसनको निर्वाचन स्थगित गरिएको हो । निर्वाचनको तयारीमा प्रतिस्पर्धा सहित लागि परेका उम्मेद्वारहरुमा निर्वाचन स्थगित भएपश्चात निरासा छाएको छ । चुनावका लागि इन्जिनियर रविभूषण झा ले नेपाल इन्जिनियर्स एशोसिएसनको आसन्न ३३ औं अधिवेशनमा केन्द्रिय महासचिव पदको लागि उम्मेद्वारी दिनुभएको छ । उहाँले लोकतान्त्रिक समुहबाट केन्द्रिय महासचिव पदको लागि उम्मेद्वारी दिनुभएको हो । स्थायी घर महोत्तरी भएका झा नेपाली कांग्रेस निकट मानिनुहुन्छ । झा ले पुलचोक क्याम्पसबाट वैधानिक रुपमा इन्जिनियर विषयमा अध्ययन गर्नुभएको छ । एशोसिएसनमा केही समय अघि सम्म चुनाव हुने हल्ला बहिरीएको भए पनि चुनावको मिति सरेपछि उम्मेद्वारहरु अन्योलमा परेका छन् । निर्वाचन स्थगित भएको छ, यसप्रति तपाईको धारणा के ? निर्धारित समयमा निर्वाचन हुन नसक्नुमा तपाईँलाई कस्को दोष हो जस्तो लाग्छ ? यिनै विषयमा नेपाल इन्जिनियर्स एशोसिएसनका महासचिव पदका प्रत्यासी इजिनियर झा सँग एनडिसीखबर कर्मी रमन वनले गरेको अन्तर्वार्ता :

– निर्वाचन स्थगित भएको छ, यसप्रति तपाईको धारणा के ?
“धारणा यस्तो हो नेपाल सरकारको २५ जना भन्दा बढी भेला हुन मिल्दैन भन्ने जुन सुचना जारी भयो, यसैलाई पालना गर्नुपर्ने भएकाले चुनाव रोकिएको हो, चुनाव थुप्रै पटक सरिसक्यो हामीले हाम्रो कुरा राखिसकेको छौँ, अहिले यो चैँ सरकारको नियम पालना गर्नाले रोकिएको हो, पक्कै पनि वैशाखको २४ गते निर्वाचन मिति तय भएको थियो, त्यतिखेर महामारीकै कारण हुन सकेन् त्यसपछि कार्तिक १३ गतेको मिति तय भयो, त्यतिबेला पनि दशैँको बेलामा चुनाव गर्नुहुँदैन भनेर सार्नु लगाए, मंसिर २४ गते मिति तय भयो तर त्यतिबेला केन्द्र, प्रदेश लगायत सबै प्रदेशमा एकै पटक चुनाव हुने भएकाले हामी कार्यकारिणी समितिमा आउँदा खेरी राज्य नै संघीय संरचनामा गइसकेको हिसाबले एनईए पनि संघीय संरचनामा जानु पर्छ भन्ने हिसाबले हामीले विधान संसोधन गरेर सबै प्रदेशमा एनईएको प्रादेशिक कमिटी गठन हुने साथै चुनावका लागि त्यतिखेर भर्चुअल मिटिङ सुरु भएको हो, अहिले यो प्रादेशिक समितीको लागि निर्वाचन हुने क्रममा कर्णाली प्रदेशमा १ जना चैँ दावी विरोध परेको इन्जिनियर मेरो उम्मेद्वारी हुनु पर्छ भन्ने हिसाबले अदालत जानुभयो, परिस्थिती पनि त्यस्तो हुने गरेको छ, पहिला के हुने गर्दथ्यो भने एनईएको सदस्य बन्न, रिनियु गर्न, आफ्नो पुरानो सर्टिफिकेट लिएर एनईएको केन्द्रिय कार्यालयमा जानुपथ्र्यो सदस्य बन्नलाई, हुम्ला, जुम्लामा बसेका मान्छेहरुलाई निकै अप्ठ्यारो हुने गर्दथ्यो, हामी चैँ समय अनुसार चल्नुपर्छ, संसार नै डिजिटल भइरहेको छ, हाम्रो एउटा चाहना के रहेको छ भने केन्द्रिीय कार्य समितिले डेटा बेसलाई बलियो बनाएको भए सायद यो विषम परिस्थितीमा अनलाईन भोटिङमा जान सकिन्थ्यो कि भन्ने हो, तर उहाँहरुले काम नै गर्नु सक्नु भएन”

-भनेको वैकल्पिक विधिमा जान नसक्दा चुनाव सरेको हो ?
“हो त्यही भन्नुपरो, चुनाव दुई पटक चैँ कोभिडका कारण सरेको हो, त्यसलाई चैँ भन्न पाइयो, तर यहाँ विभिन्न कारण देखाउँदै चुनाव सार्ने काम भइरहेको छ, अहिलेसम्म ६ पटक चुनाव सरिसक्यो”

-समयमा निर्वाचन हुन नसक्नु तपाईँलाई कस्को दोष हो जस्तो लाग्छ ?
”चुनाव दुई पटक कोभिड – १९ को कारण सर्यो यो ठिकै छ भन्यौँ तर यसरी पटक, पटक चुनाव स्थगित गरिएको छ, दुई वर्षमा हुनुपर्ने चुनाव उहाँहरुले आन्तरीक रुपमा विभिन्न समुह बनाएर चुनावमा जान्छन्, पार्टीगत हिसाबले कुरा गर्नुहुन्छ भने नेकपा एमाले भनेको माओवादीसँग गठबन्धन भएको अवस्था भएको थियो, पछिल्लो अवस्थामा माओवादी र नेकपा एमाले फुटेपछि उनिहरुबीच आन्तरिक द्धोन्द सिर्जना हुन थाल्यो, र माघ २८ मा चुनाव गराउँन नसकेर माघ महिनाकै ३० गते राख्यो, यो चुनाव सर्नुको मुख्य दोष त केन्द्रीय कार्य समितिको हो जस्तो लाग्छ”

-भनेको उनिहरुकै कम्जोर हो भन्नु खोज्नुभएको ?
“कम्जोरी हो नि उहाँहरुले यो चुनाव सुरुमा यती लामो समय सम्म सार्न सकिन्छ भन्ने सोच्नुभयो, अब अहिले आएर बाध्यात्मक परिस्थितीमा रोक्नुभयो, उहाँहरुले वैशाख २० भित्रै चुनाव गराईसक्नु पर्ने हो, विभिन्न बाहनाले १५ दिन १ महिना सार्दासार्दै अहिलेसम्म आएकोे हो”

-यसरी पटक–पटक निर्वाचनको मिति सर्दै जाँदा उम्मेद्वारहरुमा कस्तो खालको असर पर्छ ?
“उम्मेद्वारमा त विभिन्न खालका असरहरु पर्दछन्, हामी उम्मेद्वारहरु भनेको आफ्नो पेसा गर्दै फुर्सदको समय निकालेर काम गर्ने हो, पुरा समय यसैमा कोही पनि लाग्दैन्, १ वर्ष भइसक्यो हामी यसकै पछाडी लागिरहेका छौँ, आफ्नो काम, व्यवहार ह्याम्पर हुन्छ, आर्थिक खर्च हुन्छ, हामी उम्मेद्वारको त यो मनासाय भयो, भयो, जो मतदाता इन्जिनियरहरु हुनुहुन्छ, उहाँहरुको मनमा चैँ झनै नकारात्मक प्रभाव परेको छ जस्तो लागेको छ, अनलाईन भोटिङ गराउँनुपथ्र्यो भन्ने कुरा पनि उठिरहेको छ”

-हामी कुराकानीको अन्त्यमा रहेको छौँ, केही भन्नुहुन्छ ?
“अन्त्यमा म के भन्न चाहन्छु भने हामी विभिन्न समुह बनाएर जान्छौँ, जुन, जुन समुह बनााएर गए पनि नेपाल इन्जिनियर एशोसिएसन भनेको सबैको साझा संगठन हो, इन्जिनियरहरुको हकको लागि बोल्नुपर्छ भन्ने हो”