काठमाण्डौं . मानिसले जीवन र जीवन भोगाइका अनौठो यात्रामा उभिएर जिवनका हरेक उतारचढाव सँगै संघर्षका खुड्किला चाल्नुपर्ने हुन्छ । जिन्दगी कहिले खुसी उमंग बोकेर त कहिले दु:ख पीडा सँगालेर प्रगतिका पाइलाहरुमा लम्की रहने गर्दछ । यहाँ जीवन यथार्थका सन्दर्भमा मानव जातिका आफ्नै बुझाई र भोगाई भिन्न- भिन्नै रहेका छन् । हरेक मान्छे आफ्नै जिन्दगीका उतार चढावसँग सम्झौता गर्दै अगाडी बढी रहको छ ।
अगाडी बढ्ने क्रममा कतिपय आधा बाटो बाट नै अलपत्र हुने गरेका छन् भने केहीले सफलता पनि प्राप्त गर्ने गरेका छन् । यिनै व्यक्तिमा पर्छन् नितेश साह । उनी पेसाले इन्जिनियर हुन् । उनको घर मधेस प्रदेशको धनुसा जिल्लास्थित जनकपुर नगरपालिका १४ हो । हाल उनी काठमाण्डौँको बालकोटमा बस्दै आएका छन् । सानै उमेरदेखि समाज सेवाको भावना बोकेका साहले भविष्यमा इन्जिनियर बनेर समाज सेवा गर्ने सोचेका थिए ।
बुुबा, आमाको सपोर्टका कारण उनको बाल्यकाल सुखमय नै बित्यो । खास्सै गाउँका अरु साथीहरुले जस्तो दु:ख खेप्नु परेन । आफुलाई आवश्यक परेको बेला बुबा आमाले जे भन्यो त्यही दिने गर्थे उनले भने “ मैले आफुलाई पैसा आवश्यक्ता पर्दा ५ हजार रुपैँया मागे भने १० हजार रुपैँया दिनुहुन्थ्यो, किन भने बाहिर जाँदा अरुले चैँ फिजिकल्ली सहयोग त गर्छ तर पैसाले चैँ सहयोग गर्दैन भन्ने सोचेर पैसा दिने गर्नुहुन्थ्यो” त्यसैले मेरो बाल्यकाल खासै कष्टकर रहेन् ।
उनले कक्षा ७ सम्म जनकपुर स्कुलमा अध्ययन गरे । यस्तै कक्षा आठ, नौ र दश सम्म धनुसाको बरकुरुवामा अध्ययन गरेका उनले आरआर क्याम्पस जनकपुरबाट कक्षा १२ पास गरेका थिए । (आइआईएई) भारतको देहेराहुमा ४ वर्षसम्म तथा (एबिए) एमएस युनिर्भसिटी चेन्नईबाट अध्ययन गरेको एनडिसी खबरसँगको कुराकानीमा बताएका छन् । साथै चाइनाको नानचाङ युनिर्भसिटीबाट (पिएचडी) गरेको समेत उनको भनाई रहेको छ ।
शिक्षा क्षेत्रमा आफ्नो केही उद्धेश्य पुरा गरेका साहले नेपाल आएर काठमाण्डौंमा एसियन कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नालोजी कलेज समेत सञ्चालन गरेका छन् । यस्तै एमएन ग्रुप, राधे आयल स्टोर्स, जानकी इन्टरप्राइजेज एण्ड कन्र्सन लगायतका अन्य क्षेत्र सञ्चालन गरेका छन् । उनले सञ्चालन गरेको कलेज लगायतका अन्य ठाउँहरुमा करिब ५० जनाले रोजगारी समेत पाएका छन् ।
जिबनमा हरेक दु:ख, कष्टको सामना गर्दै आफ्नो सपना पुरा गरेको उनले बताए । तर विडम्बना के छ भने बाल्यकालमा नै उनले ठुलो घटनाको सामना गर्नुपर्यो । उनी १ वर्षको हुँदा बुबासँग काठमाण्डौँ गएका थिए । काठमाण्डौँ गएको केही समयपछि नितेश बिरामी परे । बिरामी परेपछि साहको उपचारको लागि बुबाले कान्ति बाल अस्पताल लिएर गए । अस्पतालका चिकित्सकले पानीमा डुबाउन सल्लाह दिएका थिए । चिकित्सकको सल्लाह अनुसार नै उनलाई बुबाले पानीमा डुबाएका थिए ।
तर पानीमा डुबाएर निको हुनु पर्ने ठाउँमा घाँटीमा कफ जम्यो र श्वास प्रश्वास नै सञ्चालन हुन छाड्यो र साहलाई फेरी उपचारको लागि अस्पताल लगियो तर आस्पताल पुर्याएको केही समयमै अस्पतालले नितेशलाई मृत घोषणा गर्यो । उनलाई मृत घोषणा गरेको केही समयपछि अर्को एक जना चिकित्सकले अपे्रसन गर्ने बताए । अप्रेसन गरेर अस्पतालमै राखेको करिब १ महिना पछि नितेशले पुन:जिवन पाएका थिए ।
साहले आफुले कमाएको पैसाले जनकपुरमा अस्पताल सञ्चालन गर्ने र त्यहाँका नागरिकहरुलाई सेवा दिने बताएका छन् । यस्तै वृद्ध, वृद्धालाई स्याहार सुसार गर्ने ठाउँ सञ्चालन गर्ने र हेरचाहका लागि नर्स, डाक्टर राखेर वृद्ध, वृद्धाहरुको उमेर बितेको नै थाहा नै नहुँने सहज वातावरण सिर्जना गर्ने योजना रहेको उनले बताए ।
तपाइँको प्रतिक्रीया