२०८२ जेठ २८ मङ्गलबार

राशिफल

काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने तयारी

l;4fy{gu/, ! df3 . l;4fy{ h]l;hsf] $&cf}+ kb:yfkg sfo{qmddf dGtAo /fVb} g]kfnL sfFu|];sf pk;efklt wg/fh u’?ª . t:jL/ M g/]z s];L, /f;;

काठमाण्डौँ : नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक यही हप्ताभित्र बस्ने भएको छ ।

नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले पार्टीको भ्रातृ संस्थाहरुको महाधिवेशन गर्ने विषयलाई मुख्य एजेण्डा बनाएर यही हप्ताभित्र पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठक बोलाउने विषयमा छलफल भइरहेको बताएका हुन् ।

उनले तत्काल महाधिवेशन गर्नुपर्ने माग गर्दै सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपा पुगेका नेविसंघका विद्यार्थी नेता, कार्यकर्तालाई सम्बोधन गर्दै सबै भ्रातृ संस्था तथा शुभेच्छुक संस्थाहरुको महाधिवेशनलगायतका कार्यहरु सम्पन्न गर्न पार्टीका महामन्त्रीहरूले त्यसको प्रस्तावित विधानबारे छलफल गरिरहेको जानकारी समेत दिए ।