२०८२ जेठ २१ मङ्गलबार

राशिफल

माओवादी केन्द्र गलकोट उपाध्यक्षमा लोकगायक खत्री चयन

काठमाण्डौँ : लोकगायक विष्णु खत्री नेकपा माओवादी केन्द्र गलकोट नगर समितिको उपाध्यक्षमा चयन भएका छन् ।

बुधबार बसेको नगर समितिको पहिलो बैठकले उनीसहित सात सदस्यीय पदाधिकारी चयन गरेको हो ।

गायक खत्रीले विकास र सामाजिक रुपान्तरणमा योगदान दिन सक्रिय राजनीति रोजेको बताए ।

राजनीति र कलाकर्मलाई एकसाथ अघि बढाउने उनको भनाइ छ । आफूलाई चिनाउने लोकसङ्गीत क्षेत्रको टेवा र उत्थानमा सधैं क्रियाशील भएर लाग्ने खत्रीको भनाइ छ ।

गलकोट- ७ मल्ममा जन्मिएका उनी यसअघि माओवादी केन्द्रको नगर समिति सदस्य थिए ।