२०८२ असार १ आइतबार

राशिफल

स्थानीय तहको निर्वाचनमा एमाले एक्लै जान्छ : महेश बस्‍नेत

काठमाडौं : नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले स्थानीय तहको निर्वाचनमा एमाले कसैसँग पनि गठबन्धन नगर्ने बताएका छन् ।

मंगलबार एक कार्यक्रममा बोल्‍दै नेता बस्नेतले स्तथानीय तहको चुनावी मैदानमा एमाले एक्लै जाने बताएका हुन् ।

उनले भने, ‘कुनै पनि खेलको मैदान होस या निर्वाचनको मैदानमा जाने कुरा होस, जुन शक्ति आफ्नो एजेण्डामा क्लियर र विश्वस्त छ, त्यो शक्ति ढुक्कसँग मैदानमा जान्छ ।

जुन शक्ति कमजोर छ, त्यो मैदानमा जान डराउँछ अनि जालझेल गर्छ। एमाले मात्रै विश्वस्तका साथ निर्वाचनमा एक्लै जान चाहन्छ ।’

उनले मुलुकको राजनीतिक गतिरोध अन्त्यको लागि एमाले सकारात्मक भएको बताउँदै पछिल्लो समय आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवासमा वार्ता गर्ने स्थिति बन्‍नुलाई चित्रण गरे । ok