२०८२ असार १ आइतबार

राशिफल

‘उपयुक्त समयमा आधिकारिक धारणा सार्वजनिक गर्छाैँ’ : सञ्चारमन्त्री कार्की

काठमाण्डौ : चीनसँगको सीमा विवादका विषयमा वास्तविकताका आधारमा उपयुक्त समयमा आधिकारिक घारणा बाहिर ल्याउने सरकारले जनाएको छ ।

आज मङ्गलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चीनसँगको सीमा विवादका विषयमा यथार्थ रिपोर्ट र वास्तविकताका आधारमा धारणा बाहिर ल्याउने बताएका छन्।

उनले कुनै रिपोर्टको आधारमा नभएर वास्तविकताको आधारमा चाँडै सरकारले चीनसँगको सीमा विवादबारे यथार्थ धारणा ल्याउने बताए ।

मन्त्री कार्कीले सरकार छिमेकी देशसँग सीमा समस्या आउन नदिनका लागि प्रयत्नशील रहेको पनि बताए। उनले भने ,‘चीनसँगको सीमा विवादको सम्बन्धमा सरकारले रिर्पोटहरूको आधारमा होइन, वास्तविकताको आधारमा उपयुक्त समयमा यसको वास्तविकतालाई राम्रोसँग अध्ययन गरेर आधिकारिक धारणा सार्वजनिक गर्छ ।’