२०८२ असार २ सोमबार

राशिफल

उपाधिमा मछिन्द्रको एक्लो दाबेदारी, रेलिगेसन होड रोमाञ्चक

काठमाडौं : झण्डै एक महिनाको ब्रेकपछि फेरि सुरु भएको शहीद स्मारक ए डिभिजन लिग फुटबलको दशौं चरणको खेलहरू आइतबार सकिएपछि उपाधि होडमा मछिन्द्र एफसी एक्लो दाबेदारको रुपमा देखा परेको छ ।

साविक विजेता मछिन्द्रले तीन चरणको खेल बाँकी हुँदा दोस्रो स्थानको मनाङमाथि ६ अंकको अग्रता कायम गरेको छ भने हेड टु हेडमा पनि मछिन्द्र नै अघि छ ।

अर्कोतर्फ पुछारको फ्रेण्ड्स क्लबले सिजनको पहिलो जित निकाल्दै कम्तीमा पनि एक चरणका लागि रेलिगेसन क्षेत्र छाड्न सफल भएको छ ।

यसले फ्रेण्ड्सलाई ठूलो राहत मिलेको छ भने रेलिगेसन ब्याटल झन् रोमाञ्चक बनाएको छ । फ्रेण्ड्ससँग हारेको ब्रिगेड ब्वाइज र च्यासल युथ क्लब अहिले रेलिगेसन जोनमा छन् ।

दशौं चरणको खेलपछि साविक विजेता मछिन्द्रसँगै साविक उपविजेता त्रिभुवन आर्मी एफसीले अपराजित यात्रा कायम राखेको छ ।