२०८२ असार २ सोमबार

राशिफल

ए डिभिजन लिगमा एपीएफले मर्स्याङ्दी क्लबलाई हरायो

काठमाण्डौ : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलले मनाङ मर्स्याङ्दी क्लबलाई हराएको छ ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज बिहीवार भएको खेलमा एपीएफले मनाङलाई तीन–एक गोलले हरायो । पहिलो हाफ एक–एक गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा एपीएफले दुई गोल गर्‍यो ।

मनाङका अञ्जन विष्टले गोल गरेर मनाङलाई अग्रता दिलाए पनि क्लब हार्न बाध्य भयो । एपीएफका लागि आशिष लामा, मणि लामा र नवीन लामाले गोल गरे ।

आजको जितसँगै एपीएफ रेलिगेशनमा पर्ने सम्भावना सकिएको छ । एपीएफको १४ अङ्क भएको छ । मनाङ २० अङ्कसहित दोस्रो स्थानमा छ ।