काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालबीच भेटवार्ता भएको छ ।
अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा सत्तारुढ गठबन्धनका दलहरुबीच सहमति नजुटिरहेका बेला रिजाल विपक्षी दलका नेता ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।
एमसीसी, संसद अवरोध लगायतका विषयमा छलफल गर्न रिजाल ओली निवास पुगेका हुन् ।
कांग्रेस नेता रिजालले भेटवार्ता भएको भएता पनि के विषयमा कुराकानी भयो भन्ने स्पष्ट जानकारी दिन चाहेनन ।
तपाइँको प्रतिक्रीया