काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेतासँगको छलफल लगत्तै प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा आफ्नै पार्टीका केही मन्त्री र काँग्रेसकै नेताहरुसँग आन्तरिक परामर्शमा जुटेका छन् ।
शुक्रबार बिहान सत्ता गठबन्धनका नेताहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र उपेन्द्र यादवसँग एमसीसीबारे छलफल गरेका प्रधानमन्त्री देउवाले त्यसलगत्तै गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कानुन मन्त्री दिलेन्द्र बडुलाई बालुवाटार बोलाएर परामर्श थालेका हुन् ।
देउवासँगको परामर्शमा काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल पनि सहभागी छन् ।शीर्ष नेताको छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी स्थायी समितिमार्फत एमसीसीबारे ठोस निर्णय गर्ने र पार्टीको बैठक फागुन सातमा बोलाएकाले एमसीसी टेवल गर्न केही दिन रोक्न आग्रह गरेका थिए ।
नेता नेपालको आग्रहमा प्रधानमन्त्री देउवा सकारात्मक भएपछि पुन: गठबन्धनको बैठक फागुन ८ मा राख्न राजी भएका थिए ।
तपाइँको प्रतिक्रीया