काठमाण्डौं : गायक तथा सर्जक तुलसीराम पुरीको नयाँ गित “जान्छु नभन” बजारमा आएको छ ।
खोटाङको बाकाचोलमा जन्मिएका पुरीको उक्त गित आज उनकै अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको हो ।
उक्त गीतमा पुरुष आवाज उनकै रहेको छ भने महिला आवाज गायिका सुनिता पुरीको रहेको छ ।
माया, पिरतीसँग सम्बन्धित रहेको गित जान्छु नभनमा बाबुल गिरीले सब्द, संगित र एरेन्ज गरेका छन् ।
गित एक्सन डिजिटल रेकर्डिङ स्टुडियो अनामनगरमा रेकर्ड गरिएको हो ।
तुलसीराम पुरी संगीतको विद्यार्थी समेत हुन् । यसअघि उनले गन्तव्य, शिरफुल, जिन्दगी डुबायो लगायतका गितहरुमा शब्द लेखिसकेका छन् ।
तपाइँको प्रतिक्रीया