२०८२ असार २ सोमबार

राशिफल

काठमाडौं ढुंगेअड्डाको बम नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारीले राखेको दावी

काठमाडौं : काठमाडौंको कलंकी स्थित ढुंगेअड्डामा फेला परेको बम नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारीले राखेको दाबी गरेको छ । सो पार्टीका महासचिव ‘सक्षम’ले विज्ञप्ती जारी गरेर एमसीसीको विरोधमा सांकेतिक कारवाही गरेको बताए।

नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारीले मिलेनियन च्यालेन्ज कर्पोरेशन एमसीसी टेबुल हुने हुनाले शुक्रवार प्रतिनिधिसभाको बैठकमा नजान सांसदहरुलाई आग्रह गरेका हुन ।

सो पार्टीले एमसीसीको पक्षमा मतदान गर्ने सांसदहरुलाई भौतिक कारवाही गर्ने संज्ञा समेत दिएको छ ।