२०८२ असार ३ मङ्गलबार

राशिफल

नेकपा एमालेको अवरोधकै बीच संसदमा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकै बीच संसदमा आदिवासी जनजाति आयोगको प्रतिवेदन आ.व २०७७ /७८ पेश भएको छ । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले आदिवासी जनजाति आयोगको प्रतिवेदन आ. व २०७७ /७८ पेश गरेका हुन् ।

शुक्रवारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदको अवरोध जारी राखेको छ । बैठकमा एमाले सांसदहरुले पक्षपातपूर्ण व्यवहार मुर्दावाद, संवैधानिक सर्वोच्चता कायम गर, पार्टी फुटाउने षड्यन्त्र गर्न पाइदैन, गैर सांसदलाई बैठकमा प्रवेश निषेध गर, पदीय मर्यादा कायम गर, हाम्रो बिरोध जारी छ लगायतका नाराबाजी गरी सदनको अवरोध कायमै राखेका थिए ।