२०८२ असार २ सोमबार

राशिफल

नगरकोटमा महिलाको रहस्यमय मृत्यु

काठमाडौं : चाँगुनारायण नगरपालिका वडा न. ६ मा एकजना महिलाको रहस्यमय ढंगबाट मृत्यु भएको छ । बिहीबार २२ वर्षकी सुर्यमाया तामाङको मृत्यु भएको भन्दै मृतकका श्रीमानले माइतीघर काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा न. २ मा रहेकी सासु आमालाई खबर गरेका थिए । मृतकले २०७७ साल चैतमा चाँगुनारायण ६ का राजिव तामाङसँग प्रेम विवाह गरेकी थिइन् । मृतकका बुबा संग्राम तामाङ भने ‘छोरीको हत्या भएको हो, तर आत्मा हत्या होइन ।

खबर आएलगत्तै माइती पक्ष मृतक महिलाको घरमा पुग्दा उनको शरीर सुत्ने ओछयानमा भएको संग्राम बताए । केही समय पहिले पनि छोरीले घरमा झगडा परेको भन्दै राती १२ बजेतिर फोन गरेको उनले सुनाए ।

घर पक्षले झुन्डिएर आत्महत्या गरेको भनेपनि माइती पक्ष उक्त कुरा विश्वास गर्ने ठाउँ नभएको सुर्यमायाका दाई रामकुमार तामाङको भनाई रहेको छ । बिहे लगत्तै बहिनीमाथि हिंसा हुने भएको र आमाजुले मानसिक तनाव दिने गरेको दाजुको आरोप छ ।