२०८२ असार ३ मङ्गलबार

राशिफल

सुनापति गाउँपालिकाले ६२ जना एकल पुरुषलाई मासिक १ हजार रुपैयाँ भत्ता प्रदान

काठमाडौं : रामेछापको सुनापति गाउँपालिकाले पालिकाभित्रका ६२ जना एकल पुरुषलाई मासिक १ हजार रुपैयाँ भत्ता प्रदान गरेको छ ।

सुनापति गाउँपालिकाले यसअघि एकल महिलालाई मासिक रुपमा भत्ता वितरण गर्दै आएकोमा यस चालु आर्थिक वर्ष २०७८र७९ बाट पालिका भित्रका एकल पुरुषलाई पनि मासिक रुपमा भत्ता वितरण गर्ने गरी नीति तथा कार्यक्रम बनाएको हो ।

‘पालिकाको चालु आर्थिक वर्षमा एकल पुरुषलाई दिने भत्ताको विषयमा दुई छुट्टाछुट्टै कार्यविधि बनाएका छौं, जसमा विवाहित र अविवाहित भनेर छुट्टाइएको छ’, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलराज श्रेष्ठले भन्नुभयो, ‘पालिकाले भत्ता वितरण गर्दा विवाहपछि एकल भएका पुरुषको हकमा उमेर हद ५० वर्ष र अविवाहित पुरुषको हकमा उमेर ६० वर्ष पुगेको हुनुपर्ने प्रावधान राखेका छौँ ।’

यसअघि पालिकामा एकल महिलाले मात्रै मासिक रुपमा भत्ता बुझ्दै आएकोमा एकल पुरुषलाई पनि केही राहत मिलोस् भन्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको सुनापति गाउँपालिकाका प्रमुख धावा लामाले बताए ।