काठमाण्डौ : अटो मोबाइल्स् एसोसिएशन अफ नेपाल नाडाका अध्यक्ष ध्रुव थापाले मौद्रिक नीति मार्फत अटो मोबाइल्स् क्षेत्रलाई अनुत्पादक क्षेत्रमा राखेर सधैँ पेल्ने नीति स्वीकार गर्न नसकिने बताएको छ ।
आज थापाले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षामा अटो व्यवसायलाई अनुत्पादक क्षेत्र भित्र राखेर सधैँ पेल्ने नीति नाडाले स्वीकार गर्न नसक्ने बताएको छ । उहाँले सरकारले एउटा क्षेत्रमा सुधार गर्नुपर्ने भए पनि अटो मोबाइल्स् क्षेत्रको नाम उल्लेख नगरी कडाइ गर्न खोजेको बताए ।
मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षामा नाडाका माग सम्बोधन नभएको थापाले गुनासो गर्नु भयो । अध्यक्ष थापाले मौद्रिक नीतिको समिक्षामा एलसी मार्जिनमा ब्याजको व्यवस्था गर्न तथा कर्जाको ब्याज घटाउन माग गरिए पनि उल्टो कर्जाको ब्याज बढ्ने गरी मौद्रिक नीतिको समीक्षा भएको बताएको छ ।
मौद्रिक नीतिको समीक्षाले सबै क्षेत्रमा असर पर्ने देखिएको अध्यक्ष थापाको भनाई छ ।
तपाइँको प्रतिक्रीया