२०८२ असार ३ मङ्गलबार

राशिफल

दुःखी, गरिबको साहारा बन्दै सोलु प्रहरी

काठमाण्डौं : नेपाल प्रहरीको समाजमा छुट्टै पहिचान छ । किनकी प्रहरी नागरिक बिचको सम्बन्ध नङ र मासु जस्तै छ । हुन पनि हो वर्तमान परिस्थितिमा प्रहरी बिना समाजको परिकल्पना गर्न सकिदैन ।

वास्तवमा समाजमा बस्ने हरेक व्यक्ति बर्दी बिनाको प्रहरी हुन् । समग्रमा समाजमा सद्भाव र शान्ति कायम गर्न जति नेपाल प्रहरीको भूमिका छ ।

त्यो भन्दा बढी समाजमा बस्ने नागरिकको पनि त्यति नै दायित्व हुन्छ त्यसैले प्रहरी र नागरिक बिचको सुमधुर सम्बन्धलाई अझै मजबुत बनाउन एक दम अपरिहार्य रहेको देखिन्छ ।

सोलुखुम्बुको प्रहरी चौकी सुकेपोखरीमा कार्यरत जवान दिपेन्द्र घिमिरेले सामाजिक क्षेत्रमा विभिन्न किसिमका कामहरु गर्दै आएका छन् ।

कोरोना महामारीको समयमा ज्यान जोखिममा राखेर अग्रभागमा खट्नेदेखि समाजमा भएका अपांग, अशक्त तथा घाइतेहरुको समेत साहारा बन्ने गरेको उनको कामले नै पष्ट पारेको छ ।

घिमिरेसहितको गस्ती टोलीले गत शुक्रबार सोलुखु्म्बुको नाम्चेबाट घर फर्कनेक्रममा अचानक लडेर घाइते भएका थुलुङ दुधकोशी गाउँपालिका ९ छिवाका ४६ वर्षीय बुद्धलाल तामाङलाई घरसम्म पुर्याउन सहयोग गरेको छ ।

उनलाई पुजा मेडिकलमा उपचार गराएर घर लैजानेक्रममा प्रहरी टोलीले घरसम्म पुर्याउन सहयोग गरेको हो । आर्थिक अवस्था कम्जोर रहेकाकारण निकै समस्या रहेको थियो ।

घाइते तामाङलाई स्टेचरमार्फत घर लैजादैं गर्दा बोक्न नसकेर बाटोमा बसिरहेको अबस्थामा प्रहरीले फेला पारी सहयोग गरेको बताइएको छ ।

साथै घिमिरेकै पहलमा थुलुङ दुधकोशी गाउँपालिकाले प्रहरी चौकी सुकेपोखरीलाई ८० हजार रुपैयाँ बराबरको पिन्टर र कम्प्युटर सेट समेत उपलब्ध गराएको छ । उक्त सामाग्री प्राप्त भएसँगै कार्यालयको काम गर्न छिटो, छरितो र सहजता भएको बताइएको छ ।