सोलुखुम्बु : जिल्लाको नेचासल्यान ३ मा बोलेरो दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
आज राति करिब ८ः३० बजे को समयमा १ ज ३५०७ नम्बरको बोलेरो अनियन्त्रित हुँदा दुर्घटनामा परेको हो ।
दुर्घटनामा चालक खोटाङको हलेसी तुवाचुङ नगरपालिका ६ का २८ बर्षिय विनोद बस्नेत र बोलेरोमा सवार ओखलढुंगाको सिद्धिचरण नगरपालिका १ का ३० बर्षिय कुमार घिमिरे घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरुको बेदघारी स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । बोलेरो सडकबाट करिब ७ मिटर तल खसेको थियो ।
तपाइँको प्रतिक्रीया