२०८२ असार ४ बुधबार

राशिफल

राप्रपाको प्रवक्तामा ज्ञानेन्द्र शाही चयन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी [राप्रपा] को प्रवक्तामा ज्ञानेन्द्र शाही चयन भएका छन् । शुक्रबार शाहीले संचालन गरेको ‘हाम्रो नेपाल हामी नेपाली’ अभियान राप्रपासंग एकीकृत भएपछि उनि प्रवक्तामा चयन भएका हुन् ।

शाहीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रवक्तामा औपचारिक मनोनयन गरेका थिए । केन्द्रीय कार्यालय धुम्बाराहीमा शाहीलाई अध्यक्ष लिङ्देनले फुलमाला लगाएर स्वागत गरेका थिए ।

आजै शाहीले संचालन गरेको अभियान राप्रपामा मिसिएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले शाही जस्ता होनहार युवाको राजनीतिमा प्रवेशले धर्मको रक्षा र देश निर्माणमा सकारात्मक परिवर्तन आउने बिश्वास व्यक्त गरे ।

शाहीले संचालन गरेको अभियानका सम्पुर्ण केन्द्रीय कमिटीदेखि जिल्ला तहसम्मका व्यक्तिलाई आवस्यकताका आधारमा जिम्मेवारी दिइने राप्रपाले जनाएको छ ।

उनले विगत केहि बर्षदेखि भ्रष्टाचार बिरुद्ध अभियान चलाएका थिए । राप्रपाको प्रवक्ता बनेपछि शाहीले देशमा भएको भ्रष्टाचार र अनियमीतता बिरुद्ध झन सशक्त अभियान छेड्ने बताए ।

पछिल्ला दिनहरुमा शाहीले संचालन गरेको अभियानमा धेरै युवाहरु जोडिएका थिए । पार्टीमा सुशासन बिभाग गठन हुने र त्यसको जिम्मेवार प्रवक्ता शाहीलाई दिने राप्रपाले जनाएको छ ।