२०८२ असार ४ बुधबार

राशिफल

आज प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईँदै

काठमाडौं : आज ७२औं प्रजातन्त्र दिवस । सरकारी निकाय र विभिन्न संघसंगठनले फरकफरक कार्यक्रम गरी यो दिवस मनाउँदै छन् ।

भक्तपुरमा जिल्ला प्रशासन कार्यालयकै नेतृत्वमा दिवसका अवसरमा  शुक्रबारदेखि नै विभिन्न रचनात्मक कार्यक्रम गरिएको छ भने देशैभर स्वेच्छिक रुपमा पनि कार्यक्रम आयोजना गरिएका छन् ।

विक्रम संवत् २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ।