काठमाण्डौं : भक्तपुरमा अचेत अवस्थामा फेला परेका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा उदयपुर घर भई मध्यपुर ठिमी नगरपालिका २ बस्ने ४० वर्षीय गणेश मगर, उदयपुर कटारी ९ का ३५ वर्षीय सुरज तामाङ छन्। नाम थर नखुलेका अर्का एक व्यक्तिको शव खोलामा फेला परेको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार मगर ट्वाइलेटमा शुक्रबार बिहान राति सवा २ बजे अचेत अवस्थामा फेला परेका थिए। श्रीमती र स्थानीयले मगरलाई कोरियन अस्पतालमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको परिसरले जनाएको छ। महानगरीय प्रहरी वृत्त ठिमीले घटनाबारे अनुसन्धान गरिरहेको छ।
परिसर प्रमुख प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार बिहान साढे ५ बजे उदयपुर कटारी ९ का ३५ वर्षीय सुरज तामाङ मध्यपुर ठिमी नगरपालिका २ दिव्यश्वरी प्लानिङ हलेसी मार्ट पछाडि अचेत अवस्थामा फेला परेका थिए।
घोप्टो परेको अवस्थामा अचेत फेला परेका उनलाई कोरियन अस्पताल लगिएकोमा पौने ७ बजे मृत्यु भएको श्रेष्ठले बताए। ठिमी वृत्तको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको छ।
तपाइँको प्रतिक्रीया