काठमाण्डौं : सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई सेवा लिने यात्रुको सङ्ख्या ५३ प्रतिशतभन्दा धेरैले बढेको छ ।
सन् २०२० को तुलनामा २०२१ मा हवाई सेवा लिने यात्रुको सङ्ख्या ५३ दशमलव १६ प्रतिशतले बढेको नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ ।
सन् २०२० मा ५ हजार २ सय ७० पटक उडान तथा अवतरण भएकोमा २१ हजार ३ सय ९ जना यात्रुले विमान सेवा लिएका थिए ।
तर सन् २०२१ मा १० हजार ६ सय १५ पटक उडान तथा अवतरण भएकोमा ४० हजार ८७ जना यात्रुले सेवा लिएका छन्।
तपाइँको प्रतिक्रीया