२०८२ असार ४ बुधबार

राशिफल

नक्कली मह बिक्री गर्ने एक जना पक्राउ, एक फरार

काठमाण्डौं : खोटाङमा नक्कली मह बिक्री गरिरहेको अवस्थामा एक जना पक्राउ परेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजारमा महजस्तो देखिने पदार्थ बिक्री गरिरहेको अवस्थामा १३ वर्षीय एक बालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सागर शाह जानकारीस् दिए ।

स्थानीयबाट नक्कली मह बिक्री गरिरहेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनलाई महजस्तो देखिने ५ केजी पदार्थसहित शनिबार पक्राउ गरेको हो ।