२०८२ जेठ ३१ शुक्रबार

राशिफल

गठबन्धनलाई पानीमुनी भएपनि ठेगान लगाउने चेतावनी

काठमाण्डौं  : नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले पानी मुनी भएपनि गठबन्धनलाई ठेगान लगाउने चेतावनी दिएका छन् । अध्यक्ष ओलीले गठबन्धनको आयु बढीमा एक वर्ष रहेको समेत बताए । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले चुनाव जित्नका लागि सरकारमा जाने नभई जनताको काम गर्न जान चाहेको बताए हु्न ।

रामलाई षड्यन्त्र गरेर १४ वर्ष वनवास पठाएको स्मरण गर्दै उनले भने– ‘नेपालमा यति धेरै मन्थरा र सकुनीहरु छन्, उनीहरुले हामी विरुद्ध षड्यन्त्र गरिरहेका छन्।’ गठबन्धनले जे काम गर्दा पनि झुक्याएर गरेको बताउँदै ओलीले संसदबाट नसकेर सर्वोच्चबाट सरकार बनाएको टिप्पणी गरे । उनले भने, ‘अब सर्वोच्च अदालतले होइन, जन अदालतले फैसला गर्छ त्यसको तयारीमा जुटनुस ।

उनले शिक्षक, कर्मचारीलाई निष्पक्ष भएर काम गर्न आग्रह गर्दै उनले नेकपा एमालेले प्रशासनको बलमा नभई जनताको मतले चुनाव जित्ने दाबी गरे ।