२०८२ असार ४ बुधबार

राशिफल

नेकपा एसले एमसीसी टेबुल गर्न दिने तर पारित गर्न नदिने

काठमाण्डौ : सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीले संसद्मा दर्ता भएको एमसीसी सम्झौता टेबुल गर्न दिने निर्णय गरेको छ ।
आज बसेको स्थायी कमिटी बैठकले शंसोधन बिना एमसीसी सम्झौता पारित गर्न नसकिने तर प्रतिनीधि सभामा टेबुल गर्न भने दिने निर्णय गरेको पार्टी प्रवक्ता जगनाथ खतिवडाले जानकारी दिए ।

उनले संसदमा एमसीसी टेबुल गर्ने कुरा ठूलो नहुने तर संसदमा छलफलपछि संसोधन गरेपछि मात्रै पार्टी एमसीसीको पक्षमा हुने उनले बताए । तर एमसीसी सम्झौता जबरजस्ती पेस गर्न नहुने त्यो भन्दा पहिले संसदको अवरोध हट्नुपर्ने पनि खतिवडाले बताए ।

एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनबीच नै खटपट भएपछि नेकपा एसले गठबन्धन जोगाउने मध्यमार्गी बाटो रोजेको थियो । यसअघि माओवादी केन्द्र र नेकपा एसले संसद्मा टेबुल गर्न नदिने समेत अडान लिएका थिए ।