काठमाण्डौं : प्रहरीले श्रीमानको हत्या आरोपमा एक महिलासहित दुई जनालाई पक्राउ गरेको छ ।
दाङ राप्ती गाउँपालिका वडा नं। ३ बसन्तपुरका लप्टेन चौधरीको हत्या आरोपमा उनकी ५० वर्षीया पत्नी उमादेवी चौधरी र गढवा गाउँपालिका ३ मसुरियाका ५२ वर्षीय हनुमान चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उमादेवीले आफ्नो श्रीमान् लप्टेन चौधरी फागुन १ गते गोवरडिया गएको तर नफर्केको भन्दै खोजतालका लागि प्रहरीमा निवेदन दिएकी थिइन् । उनका श्रीमान् चौधरीको शव फागुन ५ गते गढवा गाउँपालिका( २ स्थित राप्ती नदी किनारमा फेला पारेको थियो । उमादेवी र आफन्तले लप्टेनको शव पहिचान गरेका थिए ।
चौधरीको हत्यापछि शव खोलामा फालिएको खुलेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सोधपुछ गर्ने क्रममा लप्टेनको हत्या पत्नी उमादेवी र गढवा गाउँपालिका – २ का हनुमान चौधरीले मिलेर गरेको खुलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द रिजालले बताए ।
तपाइँको प्रतिक्रीया