काठमाण्डौं : बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले रुसले युरोपमा दोस्रो विश्वयुद्धपछिको ठूलो युद्धको योजना गरिरहेको बताएका छन ।
बीबीसीसँगको कुराकानीमा प्रधानमन्त्री जोनसनले अहिलेसम्म प्राप्त प्रमाणहरु अनुसार रुसले युरोपमा सन् १९४५ पछिको ठूलो युद्धको तयारी गरिरहेको बताएको हो । उनले युद्धका केही सङ्केतहरु सुरु भइसकेको भन्दै रुसको योजना सुरु बताएको छ
रुसले युक्रेनको राजधानी किभलाई घेरेर आक्रमण गर्ने अन्तिम तयारी गरेको प्रमाणहरु गुप्तचर निकायले प्राप्त गरेका प्रधानमन्त्री जोनसनको भनाइ छ । युक्रेनको सीमा क्षेत्रमा रुसले झण्डै एक लाख ९० हजार सेना तैनाथ गरेको पश्चिमा देशहरुले दाबी गरेका छन् ।
यस्तै युक्रेनबाट टुक्रिएको पूर्वी क्षेत्रमा ठूलो सङ्ख्यामा विद्रोही सेनाहरु रहेका छन् । रुसले तीनै विद्रोही सेनालाई भड्काएर युक्रेनमा आक्रमण गर्ने र आफू प्रवेश गर्ने योजना बनाएको अमेरिकाले बताएको छ । विद्रोही सेनाले गराएको विस्फोटमा हिजो एक जना युक्रेनी सैनिकले ज्यान गुमाएका छन ।
तपाइँको प्रतिक्रीया