२०८२ असार २ सोमबार

राशिफल

कञ्चनपुरमा भालुुको पित्त र यार्सागुम्बासहित एक व्यक्ति पक्राउ

काठमाण्डौं : कञ्चनपुरमा भालुुको पित्त र यार्सागुम्बासहित एक व्यक्ति पक्राउ परेका छन् ।

सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह आरआइटी, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको टोलीले कृष्णपुर नगरपालिका ५ वनदेवी मन्दिरबाट एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा जुम्लाको कन्कासुन्दरी गाउँपालिका ६ स्थायी घर भएर हाल कैलालीको गोदावरी नगरपालिका  २ अत्तरिया बस्ने ५७ वर्षीय बृख कामी रहेको बुझिएको छ ।

उनको साथबाट भालुको पित्र ९२ ग्राम  र यार्सागुम्बा २४ ग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर बमले बताए ।