२०८२ असार २ सोमबार

राशिफल

यदि नोटमा हानी नोक्सानी पुर्‍याए जेल सजायसम्म हुनसक्ने

काठमाण्डौं : तपाईसँग भएको रकम नोट तपाईकै सम्पत्ति हो । आफूसँग भएको नोटको सुरक्षा गर्ने जिम्वारी समेत आफ्नै हुन्छ । यदि तपाईले मेरै सम्पत्ति त हो नि भनेर नोटको जतन गर्नु भएन भने तपाईलाई आर्थिक नोक्सानी त हुन्छ नै कानूनी सजायको समेत भागेदार बन्नुपर्ने हुनसक्छ ।

नोटमा केरमेट वा जथाभावी प्रयोग नगर्न राष्ट्र बैंकले समय समयमा अनुरोध गर्दै आएको छ । अहिले त कानूनमै पनि नोटमा केरमेट गरे कडा कानूनको व्यवस्था समेत छ ।

तीन वर्ष अघिदेखि लागू भएको मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा २६३ मा नोटमा केरमेट गरे, जलाए तथा नोटमा विभिन्न किसिमले हानी नोक्सानी पुर्‍याएमा ३ महिनासम्म कैद र ५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था हुनेछ ।

नोट जलाउने, केरमेट गर्ने तथा काम नलाग्ने बनाउनु गैरकानूनी भएको र त्यसो गरे ३ महिनासम्म जेल सजाय समेत हुनसक्ने भन्दै सचेत रहन राष्ट्र बैंकले अनुरोध समेत गरेको छ । केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले पनि नोटको सुरक्षाका लागि भन्दै सफा नोट नीति नै बनाएर लागू गरेको छ ।