काठमाण्डौं : नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले विवादित एमसीसी संसदमा टेबल हुनबाट रोक्ने आफूहरुसँग कुनै संयन्त्र नभएको बताएका छन् ।
उनले माओवादीले एमसीसी संशोधनसहित राष्ट्रिय सहमति बिना टेबल गर्न हुँदैन भनेर मत राख्दै आएपनि नटेरेपछि टेबल हुनबाट रोक्न नसकिने सापकोटाले भनाई छ ।
‘एमसीसी टेबल गर्ने कि नगर्ने सरकार र प्रधानमन्त्रीको विषय हो’, सापकोटाले सामाजिक सञ्जालमा भनेका छन्, ‘हामीले संशोधन सहितको राष्ट्रिय सहमति बिना टेबल पनि गर्न हुँदैन भन्ने मत राख्दै आयौं । तर जनमत, जनदवाव र गठबन्धनलाई नटेरेपछि टेबल हुनबाट रोक्ने हामीसँग कुनै संयन्त्र छैन ।’
तपाइँको प्रतिक्रीया