२०८२ असार ४ बुधबार

राशिफल

एमसीसी अनुमोदनका लागी संसदमा पेश गर्न गठबन्धनका नेताहरु सहमत

काठमाडौं : अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि संसदमा पेस गर्न सत्ता गठबन्धनका नेताहरू सहमत भएका छन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसी संसदमा पेश गर्ने सहमति भएको हो ।

बैठकमा सहभागी जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले एमसीसी आज संसदमा टेबल हुन दिने निर्णय भएको बताएका छन ।
आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । त्यसअघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गर्ने छ ।

नेपाललाई एमसीसी परियोजना स्वीकृत गर्न अमेरिकाले फागुन १६ गतेसम्मको समयसीमा दिएको छ ।