२०८२ असार ४ बुधबार

राशिफल

एमसीसी अब सडकमा नभई संसदमा छलफल हुने मन्त्री कार्कीको भनाई

काठमाण्डौं : सञ्चार तथा सूचना प्रविधि एवं सरकार प्रवक्ता मन्त्री ज्ञानेन्द्र कार्कीले अमेरिकी सहयोग परियोजना एमसिसी संसदमा टेबल हुने बताएका छन्।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको गठबन्धनको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै एमसिसी संसदमा टेबल हुने उनले जानकारी दिए ।

‘आज एमसिसी अमेरिकी सहयोग परियोजना सम्झौता संसदमा टेबल हुन्छ,’ उनले भने, ‘यसपछि सडकमा होइन सदनमा गहन रूपले छलफल गरेर निष्कर्षमा पुर्‍याउनेछौं।’आइतबार १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ।

त्यसैगरी यसअघि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसिसीलाई संसदबाट पारित नगराउने पक्षमा थिए। प्रधानमन्त्री शेरबहादुर देउवा भने जसरी भए पनि पारित गराउनुपर्ने पक्षमा अडिग रही आएका छन ।