काठमाण्डौं : मोटरसाईकल दुर्घटनामा गम्भीर घाईते इन्जिनियरको मृत्यु भएको छ ।
स्टाफको बहिनीको बिहेमा गएर फर्कनेक्रममा प्रदेश ३–०–२–००७ प ५३३३ नम्बरको मोटरसाईकल दुर्घटनामा गम्भीर घाईते रावाबेँसी गाउँपालिकामा कार्यरत ३० वर्षीय इन्जिनियर दिपक ढुंगानाको अस्पताल लैजाने क्रममा शनिबार राती बाटैमा मृत्यु भएको हो ।
बाईक सडकभन्दा करिब २ सय ५० मिटर तल खसेका थियो । चितवनको भरतपुर महानगरपालिका–६ जगतपुरका ढुंगाना दुई महिनाअघि मात्र इन्जिनियरका रुपमा रावाबेँसी गाउँपालिका आइपुगेका थिए ।
इन्जिनियर ढुंगानाको एम्बूलेन्सबाट काठ्माण्डौं लैजानेक्रममा हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारको बोझेओढार पुगेपछि रातको १२ बजे मृत्यु भएको रावाबेँसी गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले बताए ।
ऐसेलुखर्क गाउँपालिकाका हुलास गुरुङले चलाएको बाईकको पछि बसेको अवस्थामा माक्पाको बाक्चुवा भीरबाट खसेका ढुंगानाको टाउको र छातीमा गहिरो चोट लागेको थियो ।
इन्जिनियर ढुंगाना आफ्नो बाईक अर्कैलाई चलाउन दिएर गुरुङको पछि बसेर गाउँपालिका फर्कनेक्रममा दुर्घट्नामा परेका हुन् ।
बाईक चालक गुरुङलाई बाईक सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।
तपाइँको प्रतिक्रीया