२०८२ जेठ ३१ शुक्रबार

राशिफल

निषेधित क्षेत्र तोडेपछि नयाँबानेश्वर क्षेत्र तनावपुर्ण

काठमाडौं : एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएकाहरुले निषेधित क्षेत्र तोडेपछि काठमाडौंको नयाँबानेश्वर क्षेत्रको अवस्था तनावपूर्ण भएको छ ।

प्रहरीले सडकमा लगाएको बार हटाएर प्रदर्शनकारी अघि बढेका छन् । त्यसपछि प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा हानेको छ । केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नयाँबानेश्वर क्षेत्रमा गरिएको विरोध प्रदर्शनका कारण काठमाडौंको यातायात आवागमन प्रभावित भएको छ ।