२०८२ असार ४ बुधबार

राशिफल

एमसीसी टेबल गर्ने निर्णय विरुद्ध माओवादी केन्द्रका ३ जना सांसदको लिखित असहमति

काठमाण्डौं : कार्यव्यवस्था परामर्श समितिको बैठकले संसदमा एमसीसी टेबल गर्न निर्णय गरेको छ । यो निर्णयमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङसहित ३ जना सांसदले लिखित असहमति जनाएका हुन ।

प्रमुख सचेतक देव गुरुङ, रेखा शर्मा र जयपुरी घर्तीले सभामुख अग्नि सापकोटालाई संयुक्त पत्र लेख्दै एमसीसी टेबुल गर्ने विषयमा असहमति रहेको जनाएको हो ।

राष्ट्रिय सहमति कायम नभएको, संशोधन र परिमार्जनको सुनिश्चितता पनि नभएको र संसद अवरुद्ध रहेको भन्दै उनीहरुले एमसीसी संसदमा टेबल गर्ने विषयमा आफूहरुको  असहमति रहेको उल्लेख गरेका छन् ।