काठमाण्डौं : नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरुले एमसीसीको विरोधमा आज पनि संसद भवन अगाडि प्रदर्शन गरेको छ ।
एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूको नेतृत्वमा ‘एमसीसी स्वाहा’ कार्यक्रम गरिएको हो । कार्यक्रममा अनेरास्ववियू अध्यक्ष सुदेश पराजुली लगायत व्यक्तिहरु सहभागी रहेका छन् ।
एमसीसीको विरोध जनाउन पूजा मण्डप जस्तो बनाएर उनीहरुले मन्त्रोच्चारण गर्दै ‘एमसीसी स्वाहा’ भन्दै प्रदर्शन गरेका छन् ।
तपाइँको प्रतिक्रीया