काठमाण्डौ : प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका सांसद भीम रावलले नेपालको हितमा नरहेको एमसीसी सम्झौता पेस गर्ने निर्णयको चर्को विरोध गरेको छ ।
नेकपा एमालेका सांसदले संसद् अवरोध गरेर नाराबाजी गरिरहँदा एमालेकै सांसद भीम रावलले भने संसदमा बोल्दै एमसीसीको विरोध गरेका हुन । एमसीसी सम्झौता अनुमोदन भएमा नेपालको स्वाधीनतामा ठूलो धक्का लाग्ने रावलले ठोकुवा गरेका छन ।
यस्तै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकी उपमन्त्री डोनाल्ड लुले शीर्ष नेताहरूलाई फोन गरेर धम्काएको र आज एमसीसी सम्झौता अनुमोदनका लागि पेस गरिएको भन्दै आपत्ति जनाएका छन ।
तपाइँको प्रतिक्रीया