२०८२ जेठ ३१ शुक्रबार

राशिफल

राष्ट्रिय जनमोर्चाले आफूहरुलाई सत्तारुढ गठबन्धनबाट योजनावद्ध ढंगले अलग गर्ने प्रयास भइरहेको उपाध्यक्ष पौडेलको दावी

काठमाण्डौं  : राष्ट्रिय जनमोर्चाले आफूहरुलाई सत्तारुढ गठबन्धनबाट योजनावद्ध ढंगले अलग गर्ने प्रयास भइरहेको बताएको छ ।उपाध्यक्ष दुर्गा पौडेलले विज्ञप्ति जारी गरी अमेरिकी सहयोग परियोजना एमसीसीमा असहमति भए पनि सत्तारुढ गठबन्धन कायम राख्नुपर्छ भन्ने आफूहरुको मत रहेको तर योजनावद्ध ढंगले अलग गर्ने प्रयास भएको बताएका छन् ।

गठबन्धनमा रहेका अरु दलहरु बीचमा एमसीसीमा मतभेद भए पनि सम्झौता गर्ने वा कुनै मध्यमार्गी बाटो निकाल्ने प्रयास भइरहेको भन्दै उनले आफूहरु कुनै सम्झौता वा मध्यमार्गी बाटोको पक्षमा नरहेको उल्लेख छ ।

‘त्यसैले हुन सक्दछ, हाम्रो पार्टीलाई पाँच दलीय गठबन्धनबाट योजनाबद्ध प्रकारले नै अलग गर्ने प्रयत्न भइरहेको छ । तर जुनसुकै कारणले भए पनि गठबन्धन टुटेमा त्यसले देशलाई प्रतिगमन र अधिनायकवाद वा फाशिष्ट शासनतिर लैजाने छ भन्ने हाम्रो पहिलेदेखिको मत रहँदै आएको थियो र अहिले पनि छ’ उनले भने ।

उपाध्यक्ष पौडेलले कुनै पनि कारणले गठबन्धनलाई तोड्ने कुरा अदूरदर्शी हुने र त्यसका गम्भीर र दूरगामी दुष्परिणाम हुने बताएकी छन् ।