२०८२ जेठ ३१ शुक्रबार

राशिफल

एमसीसी नबुझी विरोध प्रदर्शन भयो : महामन्त्री शर्मा

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीबारे नबुझी विरोध प्रदर्शन नगर्न आग्रह गरेका छन् ।

झापाको बिर्तामोडमा सिके प्रसाईंको २८ औँ स्मृति दिवसमा आज आइतवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले सरकारमा हुँदा होस् वा नहुँदा पनि एमसीसीबारे स्पस्ट धारणा राख्दै आएको बताए ।

सिके चिन्तन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा एमसीसीलाई अहिले राष्ट्रघातको रूपमा हेरिए पनि २० वर्षपछि राष्ट्रिय आम्दानीको दर्भिलो स्रोत हुने दाबी गर्दै शर्माले भने, ‘एमसीसीको सहयोगबाट बिजुली उत्पादन र ट्रान्समिसन लाइन बन्ने हो । ट्रान्समिसन लाइनबाट भारतलाई बिजुली बेच्ने हो ।

तसर्थ भारतको समर्थन खोजिएको हो ।’

उनले नेपाल चीन र अमेरिका कुनै पनि राष्ट्रको पक्षमा नउभिने स्पष्ट पार्दै सबै देशको लगानीलाई स्वागत गर्ने बताउनुभएको छ ।

उनले सैन्य रणनीति बाहेकका सबै देशको सहयोग स्वीकार गर्ने स्पष्ट पारे ।