२०८२ असार ४ बुधबार

राशिफल

एमसीसी अब पारित हुने : प्रधानमन्त्री देउवा

काठमाडौँ, २१ माघ रक्षा मन्त्रालयको आ.व. २०७८/७९को दोस्रो त्रैमासिक प्रगति समिक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको शुक्रबार रक्षा मन्त्रायमा बसेको बैठकमा सहभागी प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवा, । तस्वीर ः रोशन सापकोटा, रासस

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी अब पारित हुने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता टेबल भएपछि सञ्चारकर्मीहरुसँग कुरा गदैै उनले अब पारित हुने बताएका हुन् ।

प्रतिनिधिसभाको बैठक सकिएपछि बाहिर निस्कने क्रममा सञ्चारकर्मीहरुले उनलाई एमसीसी कहिले पास हुन्छ भनी प्रश्न गरेका थिए । जवाफमा उनले भने, ‘अब पास हुन्छ ।’

प्रतिनिधिसभाको आइतबारको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सहयोगसम्बन्धी सम्झौता एमससीसी अनुमोदनका लागि टेबल गरेका थिए ।