२०८२ जेठ २२ बुधबार

राशिफल

२४ घण्टामा थप दुई सय ६२ जनामा सङ्क्रमण पुष्टि, कति निको भए ?

काठमाण्डौ  : नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या १३ हजार जनाभन्दा तल झरेको छ ।

पछिल्लो २४ घण्टामा थप एक हजार तीन सय ३८ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार दुई सय ४४ जनामा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ सङ्क्रमणको तेस्रो लहर सुरु भएपछि गएको माघको दोस्रो हप्ता सक्रिय सङ्क्रमितको सङ्ख्या झन्डै एक लाख जनासम्म पुगेको छ ।

नेपालमा अहिलेसम्म नौ लाख ५१ हजार तीन सय ९४ जना निको भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप दुई सय ६२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर, एन्टिजेन आरडीटी गरी नौ हजार आठ सय १५ जनाको नमुना परीक्षण गर्दा दुई सय ६२ जनामा सङ्क्रमण देखिएको छ ।

यही अवधिमा सङ्क्रमणबाट चार जनाको ज्यान गएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नौ सय २१ जना पुगेको छ ।