२०८२ असार ४ बुधबार

राशिफल

बानेश्वर क्षेत्र बन्यो रणभुमि

काठमाण्डौं : अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा प्रदर्शन हुने भएपछि आइतबार बिहानैदेखि बानेश्वर क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।

सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका भ्रातृ संगठनहरुले संसद भवनलाई केन्द्रित गरी नयाँ बानेश्वर क्षेत्रमा विरोध कार्यक्रम राखेका थिए । तर प्रदर्शन सुरु हुँदा नहुँदै सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच एमसीसी संसदमा टेबल गर्ने सहमति भएको खबर आएपछि एमसीसी विरोध प्रदर्शनले उग्र रुप लिएको थियो ।

नयाँ बानेश्वरको एभरेस्ट होटल नजिक प्रहरीले सडकमा बार राखेर प्रदर्शनकारीलाई संसद भवनतर्फ अघि बढ्न रोक्यो । प्रदर्शनकारीले पनि प्रहरीले राखेको बार भत्काएर संसद भवनतर्फ अघि बढे । त्यसैक्रममा प्रहरीले पानीको फोहोरा, अश्रुग्याँस र रबरको गोली हानेका थिए भने प्रदर्शनकारीले प्रहरीतर्फ ढुंगा र इँट्टा प्रहार गरेका थिए ।

सुरुमा एकीकृत समाजवादीसम्वद्ध विद्यार्थी संगठनले ‘एमसीसी स्वाहा’ भन्दै सडकमै होम जपेका थिए । यो समूहको विरोध कार्यक्रम सकिँदा नसकिँदै माओवादी केन्द्रसम्वद्ध भ्रातृ संगठनका कार्यकर्ता सडकमा ओलिसकेका थिए ।